फिफाको फेयर प्ले मनोनयनमा डेनमार्क

युरोकपमा देखिएको टिम भावनाका लागि डेनमार्कको टिमलाई फेयर प्लेका लागि मनोनयन गरिएको फिफाले जनाएको छ।

नेपालभ्युज

फिफाको फेयर प्ले मनोनयनमा डेनमार्क

काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको फेयर प्ले अवार्डका लागि डेनमार्क मनोनयनमा परेको छ।

डेनमार्क मनोनयनमा परेको फिफाले मंगलबार सार्वजनिक गरेको हो।

युरोकपमा देखिएको टिम भावनाका लागि डेनमार्कको टिमलाई फेयर प्लेका लागि मनोनयन गरिएको फिफाले जनाएको छ।

गत संस्करणको युरोकपमा टिमका मिडपिफल्डर क्रिस्टियन एरिक्सन खेलकै क्रममा मैदानमा लडेका थिए। उनलाई हृदयघात भएको थियो।

सो समयमा डेनमार्कको टिमले एरिक्सनको ज्यान बचाउन निर्वाह गरेको महत्वपूर्ण भूमिकाका लागि टिमका खेलाडी र मेडिकल टिमलाई अवार्डमा मनोनयन गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved