पटक पटक माग सुनुवाइ नभएपछि वैद्यखानाका कर्मचारी आन्दोलित

नेपालभ्युज

पटक पटक माग सुनुवाइ नभएपछि वैद्यखानाका कर्मचारी आन्दोलित

काठमाडौं। सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीहरू आन्दोलित भएका छन्।

कल्याण कोष (अवकास कोष) को खाता खोल्न पटक पटक माग राखे पनि सुनवाइ नभएपछि उनीहरूले सूचना जारी गर्दै आजदेखि प्रशासनमा ताला लगाएका छन्।

विकास समितिका कर्मचारीहरूले पाँच महिनादेखि माग गख्दै आए पनि अहिलेसम्म सुनवाइ हुन नसकेको गुनासो गरिरहेका छन्।

विकास समितिका कर्मचारीहरूको ‘वैद्यखानाका कर्मचारी प्रशासन नियमावलीको नियम ९ को १५ को व्यवस्थाबमोजिम कर्मचारी कल्याण कोषको खाता खोली राख्ने भनी पटक-पटक सम्बिन्धत निकाय एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पहल गरेका थिए। तर यस व्यवस्थामा कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको डा.विनोद शाहले बताए।

भने, “राज्यले व्यवस्था गरेको स्विकृत अवकाश कोष गठन गरेर पाउने सुविधा हामीले पनि पाउनुपर्छ भनेर पाँच महिनादेखि कालोपट्टी नै बाँधेर आन्दोलन गर्‍यौं। तर सुुनवाइ भएन।”

आज ३० जना कर्मचारी मिलेर प्रशासनमा ताला लगाइएको पनि उनले जानकारी दिए।

वैद्यखानाका कार्यकारी निर्देशक डा.सबरी साहले माग पूरा गर्ने आशवासन दिए पनि अहिलेसम्म केही टुंगो नलागेको  दिएको उनले गुनासो पोखे।

त्यस्तै तलब पनि नियमित नआउने गरेको गुनासो उनीहरूले सुनाए। यसरी कर्मचारीहरू आन्दोलनमा उत्रिँदा काममा असर पर्छ भनेर थाहा पाउँदापाउँदै पनि कार्यलयले वास्ता नै नगरेपछि आन्दोलन गर्न बाध्य भएको उनको भनाइ थियो। भन्छन्, “हामीले राखेको माग उचित हो भने सम्बोधन हुनुपर्‍यो, अनुचित हो भने यसरी हुन्न भनेर जानुपर्‍यो। अहिलेसम्म सम्बन्धित निकायले छारा टार्ने काम मात्र गरिहेको छ।”

६ असोजको बोर्ड बैठकमा पुनः माग पेश गर्दासमेत कर्मचारीहरूको कल्याण कोष सम्बन्धमा कुनै सुनुवाइ नभएको र कोष व्यवस्था गर भन्दा बरु कर्मचारीलाई जागिर छोड् भन्ने गैरजिम्मेवार अभिव्यक्ति पाइएको डा शाह बताउँछन्।

अध्यक्ष स्वयंले बोर्डको बैठकमै यस्तो कुरा गरेकाले मागका सम्बन्धमा समिति जिम्मेवार नदेखिएको कर्मचारीको ठहर छ।

स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोख्रेलले भने कर्मचारी कल्याण कोषमा खाता खोल्ने माग लिएर आफूकहाँ आएको जानकारी दिँदै माग सुनवाइमा केही समय लाग्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved