नागरिक आन्दोलनसँग मिलेर बारले जबराविरुद्ध बालुवाटारसम्म मार्चपास गर्ने

नेपालभ्युज

नागरिक आन्दोलनसँग मिलेर बारले जबराविरुद्ध बालुवाटारसम्म मार्चपास गर्ने
फाइल तस्वीर

काठमाडौं। आन्दोलनरत नेपाल बार एशोसिएशनले नागरिक आन्दोलनसँग मिलेर सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको छ। बार, नागरिक आन्दोलन र विभिन्न पेशाकर्मीको आयोजनामा बिहीबार बिहान मार्चपास गर्ने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।

बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मार्चपास गर्ने कार्यक्रम रहेको जानकारी उनले दिए। उनले बालुवाटारकै कारण जबरा चोर मुसा जस्तो सर्वोच्च छिर्ने गरेको बताउँदै मार्चपास गर्न लागिएको बताए।

‘‘बालुवाटारकै सेरोफेरोबाट चोर मुसा दूलामा पसे जस्तै जबरा सर्वोच्चमा आइराखेका छन्,” उनले भने, ‘‘न्यायपालिकाको गरीमा राख्न र भ्रष्टाचारमुक्त बनाउन नागरिक आन्दोलन र विभिन्न पेशाकर्मी मिलेर संयुक्त मार्चपास गर्न लागेका हौं।” उनले बारका अन्य आन्दोलनका कार्यक्रमहरू यथावत रहेको बताए।

बार र नागरिक आन्दोलनबीच गत बिहीबार मात्रै संयुक्त आन्दोलनका लागि छलफल भएको थियो। उक्त छलफलबाट दुवै पक्षबीच मिलेर जबराविरुद्ध सडकमा उत्रिने सहमति भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved