बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने, नागरिक समाज पनि आउने !

नेपालभ्युज

बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने, नागरिक समाज पनि आउने !

काठमाडौं। नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ।

मंगलबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले बिहीबार (९ गते) दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो।

धर्नामा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरूसमेत संलग्न रहने जानकारी दिए। प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै अब सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको स्पष्ट पारे। अध्यक्ष श्रेष्ठले बुधबार (भोली) देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम आयोजना गर्ने पनि बताए।

अध्यक्ष श्रेष्ठले भने, “न्यायपालिकाको गरिमा कायम राख्न न्यायपालिका भ्रष्टाचार मुक्त बनाउनको लागि जुन आन्दोलन गरिरहेका छौँ, हाम्रो आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै नागरिक आन्दोलन, विभिन्न पेशाकर्मी, साथीहरूले संयुक्त रूपमा पर्सि सर्वोच्च अदालतको एरियाबाट बालुवाटार, किनभने यो बालुवाटारकै सेरोफेरोको कारणले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा अहिलेसम्म लुकेर मुसाको दुलोमा पसेजस्तो आइराख्नुभएको छ, त्यो हटाउन अभियान सञ्चालन गर्न जनताको तर्फबाट सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च गर्ने प्रस्ताव आइरहेको छ, ९ गते २ बजे र १० देखि १२ सम्म हाम्रो कार्यक्रम निरन्तर रहन्छ।”

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले अदालत परिसरभित्र न्यायपरिषदमाथि लाठी प्रहार गर्नु न्यायपालिकाको न्याय मर्नु भएको प्रतिक्रिया दिए। वरिष्ठ अधिवक्ता ज्ञवालीले नेपाल बारलाई बिहीबारबाट कालोपट्टी बाँधेर एक घण्टा नबोली धर्ना दिने कार्यक्रम राख्न आग्रह गरिएको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved