तोलामै १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

महासंघका अनुसार आज नेपाली बजारमा छावापाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल भ्यूज

तोलामै १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुन तोलामै १ हजार ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छावापाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved