ओशोको ‘जोर्वा दी बुद्ध’ दर्शनमा आधारित तपोवन अभियान सञ्चालन

नेपालभ्युज

ओशोको ‘जोर्वा दी बुद्ध’ दर्शनमा आधारित तपोवन अभियान सञ्चालन

काठमाडौं। ‘ओशो तपोवन’ ले चर्चित रजनीश ओशोको ‘जोर्वा दी बुद्ध’ दर्शनमा आधारित ‘राष्ट्रका लागि तपोवन’ अभियान संचालन गरेको छ। ओशोले नयाँ मनुष्यको परिकल्पना गर्दै ‘जोर्वा दि बुद्ध’को दर्शन प्रतिपादन गरेका थिए।

जोर्बा अर्थात् भौतिक सम्वृद्धता र बुद्ध अर्थात आन्तरिक सम्बुद्धता यी दुवैको समन्वय हुँदा मात्र मानिस पूर्ण हुन्छ भन्ने दर्शन ओशोले प्रतिपादन गरेका थिए। उक्त दर्शनमा भनिएको छ, ”मानिस आर्थिक रुपमा सम्वृद्ध होस्, सुखभोग गरोस् तर बुद्ध जस्तै आन्तरिक सम्पदाको खोज पनि गरोस्। मानिसको बाहिरी रुप जोर्बा जस्तो होस् र आन्तरीक स्वरुप बुद्ध जस्तो होस्।”

उक्त दर्शनले सुख सुविधा उपभोग गरेर ध्यानमय र साधनापूर्ण जीवन बिताउनका लागि तपोवनले राष्ट्रका लागि तपोवन नामक अभियान सञ्चालन गर्न लागेको हो। हरेक महीना आयोजना हुने ‘राष्ट्रका लागि तपोवन’ मा ‍योग र ध्यानको २६ घण्टा प्रयोगात्मक, व्यवहारिक र आध्यात्मिक कार्यक्रम गरिने गरेको आयोजकले जनाएको छ।

अभियानमा उद्योग, व्यवसाय, कला, साहित्य जस्ता विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरुको सहभागिता रहंदै आएको छ। सकारात्मक सोचको वृद्धि र आफूभित्र आध्यात्मिक जागरण जागृत भएको सहभागिहरुको प्रतिकृया छ। यो अभियानमा समाजका जुनसुकै वर्ग, उमेर र तहतका व्यक्तिहरुले सहभागिता जनाउन सक्ने ओशो तपोवनले जानकारी दिएको छ।

ओशोको ‘जोर्वा दी बुद्ध’ दर्शनमा आधारित ‘राष्ट्रका लागि तपोवन’ अभियानमा बोधिसत्व स्वामी आनन्द अरुण प्राचार्य रहेका छन् भने यसको नेतृत्व एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट उर्फ स्वामी आनन्द देवले गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved