जसपा कार्यकारणी समितिको बैठक आज पनि 

पर्साबाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रदीप यादवलाई सोधिएको स्पष्टीकरण बारेमा पनि जसपाको जारी बैठकले निर्णय गर्ने जनाइएको छ।

नेपालभ्युज

जसपा कार्यकारणी समितिको बैठक आज पनि 

काठमाडौं। गत आइतबारदेखि जारी जनता समाजवादी पार्टी, जसपा नेपालको कार्यकारणी समिति बैठक आज पनि बस्दै छ।

पार्टी संगठन अभियान र समसमायिक राजनीति बारेमा छलफल गर्न बसिरहेको जसपाको बैठकमा प्रदेश अध्यक्षहरुले आआफ्नो प्रदेश बारेमा रिर्पोटिंग गर्ने क्रम चलिरहेको छ।

गद भदौदेखि मंसीर मसान्तसम्मका लागि पार्टी संगठन पुनर्निर्माण अभियान थालेको जसपाले त्यसबारेमा विस्तृत छलफल गर्न लागेको छ। साथै पर्साबाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रदीप यादवलाई सोधिएको स्पष्टीकरण बारेमा पनि जसपाको जारी बैठकले निर्णय गर्ने जनाइएको छ।

संघीय सरकारमा जसपा सहभागी हुँदा पर्साबाट मन्त्री नबनाइएको भन्दै सांसद यादवका नजिकका नेता कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउनुका साथै केन्द्रीय कार्यलयमा तालाबन्दी गरेका थिए। त्यसपछि पार्टी कार्यलयको तर्फबाट सांसद यादवलाई पत्र काटेर स्पष्टीकरण सोधिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved