भुटानको सामना गर्दै नेपाली महिला क्रिकेट टिम

नेपाली महिला क्रिकेट टिमले आज आईसीसी महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटको दोस्रो खेलमा भुटानको सामना गर्दैछ।

नेपालभ्युज

भुटानको सामना गर्दै नेपाली महिला क्रिकेट टिम

काठमाडौं। पहिलो खेलमा पराजय ब्यहोरेको नेपाली महिला क्रिकेट टिमले आज आईसीसी महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटको दोस्रो खेलमा भुटानको सामना गर्दैछ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा दिउँसो सवा तीन बजे नेपालले भुटानको सामना गर्नेछ।

पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा जितको खोजीमा छ। भुटानले भने कुवेतविरुद्धको पहिलो खेल जितेको थियो।

छनोटमा नेपालसहित ६ टोली सहभागी छन्। प्रतियोगिताको विजेता टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved