‘द बेस्ट फिफा’ अवार्डको मनोनयन सार्वजनिक

सार्वजनिक सूचीको शीर्ष स्थानमा फ्रान्सका करिम बेन्जिमा रहेका छन्। इटालीका जोगिन्होले पनि सूचीमा स्थान बनाएका छन्।

नेपालभ्युज

‘द बेस्ट फिफा’ अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं। ‘द बेस्ट फिफा’ अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मनोनयन सार्वजनिक गरेको हो।

सार्वजनिक मनोनयनअन्तर्गत पुरुष तर्फको सूचीमा साविक विजेता पोल्याण्डका रोबर्ट लेवान्डोस्कीसहित अर्जेन्टिनी स्टार लियोनल मेस्सी, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो रहेका छन्।

यस्तै, ब्राजिलियन स्टार नेइमार, फ्रान्सका केलियन एमबाप्पे, इजिप्टका मोहम्मद सलाह, फ्रान्सकै एनगोलो कोन्टे, बेल्जियमका केचिन डे ब्रुएन, नर्वेका इर्लिङ हल्याण्डसमेत सूचीमा रहेका छन्।

सार्वजनिक सूचीको शीर्ष स्थानमा फ्रान्सका करिम बेन्जिमा रहेका छन्। इटालीका जोगिन्होले पनि सूचीमा स्थान बनाएका छन्।

आगामी १७ जनवरीमा विजेताको घोषणा हुनेछ। फिफा सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा अवार्ड प्रदान गरिने फिफाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved