अमेरिकी फेडरल रिजर्भको अध्यक्ष दोहोरिए जेरोम पावेल

कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्नका लागि पावेलले सुधारको नीति ल्याएका थिए। जसमा उनले केन्द्रीय बैंकको ब्याजदर निकै कम राखेका थिए।

नेपालभ्युज

अमेरिकी फेडरल रिजर्भको अध्यक्ष दोहोरिए जेरोम पावेल

काठमाडौं। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको अध्यक्षमा जेरोम पावेल दोहोरिएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पावेललाई चार वर्षे दोस्रो कार्यकालका लागि चयन गरिएको सोमबार घोषणा गरेका हुन्। कोभिडले सुस्ताएको अर्थतन्त्रलाई उकास्न पावेलको नेतृत्वको चाहिएको बाइडेनले बताएका छन्।

यससँगै, पावेलले केन्द्रीय बैंकको अध्यक्षको रुपमा दोस्रो कार्यकालमा चार वर्ष काम गर्ने भएका छन्। ६८ वर्षीय पावेल दोस्रो कार्यकालका लागि छानिएसँगै अमेरिकी डलर थप बलियो हुने अनुमान छ।

कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्नका लागि पावेलले सुधारको नीति ल्याएका थिए। जसमा उनले केन्द्रीय बैंकको ब्याजदर निकै कम राखेका थिए।

पावेलकै नीतिका कारण मानिसलाई फेरि व्यवसाय शुरु गर्नका लागि आत्मबल मिलेको र बजार पुन लयमा आएको अमेरिकी समाचार संस्थाहरुले जनाएका छन्। सोही नीतिकै कारण पावेल दोहारिएका समाचारमा जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved