आगलागीबाट तीन बालकको मृत्यु

स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो।

नेपालभ्युज

आगलागीबाट तीन बालकको मृत्यु
सांकेतिक तस्वीर

हेलम्बु। सिन्धुपाल्चोकमा आगलागीमा परेर तीन बालको निधन भएको छ।

हेलम्बु गाउँपालिका-७ सुर्सिङ गाउँको झाँक्रीटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको हो।

स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो।

मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved