मातृभाषामा पाठ्यक्रम बन्यो, पढाइ भएन

अहिले नेपालमा १३१ प्रकारमा भाषा बोलिने भाषा आयोगका सूचना अधिकारी गेहनाथ गौतमले बताए। “नेपालमा मातृभाषामा पढाउने सम्भाबनाबारे अध्ययन भइरहेको छ”, उनी भन्छन्, “नेपालका केही समुदायमा मातृभाषामा पढाउन सकिन्छ।”

मातृभाषामा पाठ्यक्रम बन्यो, पढाइ भएन

काठमाडौं। सामुदायिक विद्यालयमा मातृ भाषामा अध्यापन गराउन पाठ्यक्रम विकास केन्द्रले २६ वटा मातृभाषाका पाठ्यक्रम प्रकाशन गरेको छ। तर, पढाइ भने हुन सकेको छैन।

केन्द्रले दुई दशक अघि नै २६ भाषामा पाठ्यक्रम प्रकाशन गरेको पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईले बताए। “आठवटा भाषामा पाठ्य सामग्री बनेका छन्”, उनी भन्छन्, “नेपालमा २६ वटा भाषा बोल्ने जनसंख्याको बाहुल्यता भएकाले उनीहरूलाई मातृभाषामा पढाउन पाठ्यक्रम बनाएर प्रकाशन भएका छन्।”

नेपालको जनगणना २०६८ का अनुसार १९ वटा भाषामा एक लाखभन्दा बढी जनसंख्या छ। एक लाखभन्दा बढी जनसंख्या भएका सबैका लागि पाठ्यक्रम बनेको उनको तर्क छ।

७४ वटा भाषामा १० हजारभन्दा कम जनसंख्या छ। थोरै जनसंख्या भएकामा पनि मागअनुसार पाठ्यक्रम बनाउने उनी बताउँछन्। “अहिले कक्षा १२ सम्म मातृभाषामा पढ्न पाउने व्यवस्था छ”, उनी भन्छन्, “मातृभाषाका लागि छुट्टै पाठ्यक्रम बनाइएको छ।” स्थानीय तहसँग समन्वय गरेर प्राथामिक तहमा नेपाली र अंग्रेजीबाहेक अरू विषय पनि मातृभाषामा पढाउन सकिने उनले बताए।

मातृभाषामा अध्ययनको सम्भावना

अहिले नेपालमा १३१ प्रकारमा भाषा बोलिने भाषा आयोगका सूचना अधिकारी गेहनाथ गौतमले बताए। “नेपालमा मातृभाषामा पढाउने सम्भाबनाबारे अध्ययन भइरहेको छ”, उनी भन्छन्, “नेपालका केही समुदायमा मातृभाषामा पढाउन सकिन्छ।”

विद्यालयमा कुनै भाषा बोल्ने संख्या धेरै भए त्यहाँ एक मात्र भाषाबाट अध्यापन गराएपनि एकभन्दा बढी भाषा बोल्ने समुदायमा बहुभाकषिक शिक्षा अबलम्बन गर्न सकिने उनले बताए।

मातृभाषामा पढाउनका लागि भाषा पढ्न चाहने विद्यार्थीको छनोट गरी मातृभाषामा पढाउने शिक्षक उत्पादन गर्नुपर्छ। सबै भाषालाई मातृभाषामा पढाउन सम्भव नभएपनि कुनै भाषाको बहुल्यता भएमा मातृभाषामा पढाउनुपर्ने उनी बताउँछन्। उनी भन्छन्, “मातृभाषा बोल्नेको संख्या कमी भएमा उनीहरूको भाषा संरक्षणका लागि अभिलेख बनाउने, शब्दकोश बनाउन सकिन्छ।”

कानूनी व्यवस्था

२०४७ को संविधानले मातृभाषामा पढाउने अवधारणा ल्याएको थियो। मातृभाषामा शिक्षाको नीति निमार्ण र कार्यन्वयन गर्न ०६३ मा नेपाल सरकारलाई एउटा प्रोजेक्ट दिएको उक्त प्रोजेक्टको राष्ट्रिय प्राविधिक सल्लाहाकार भाषाबिद् अमृत योञ्जन बताउँछन्। ०६३ मा सरकारले मातृभाषामा पढाउने व्यवस्था लागू गरेको उनी बताउँछन्।

“त्यसबेला देशका ६ जिल्लाका ७ वटा विद्यालयमा ८ वटा मातृभाषा (गैरनेपाली भाषा)को माध्यमबाट पढाइ शुरु गरिएको थियो”, उनी भन्छन्, “३२ महीने प्रोजेक्ट चलाएपछि बहुभाषािक शिक्षा कार्यन्वयन निर्देशिका, २०६६ बनाइएको थियो।”

“सरकाले सो कार्यान्वयन पारित गरेपछि प्रोजेक्ट सकियो”, उनले थपे, “मातृभाषामा अध्ययन गराउने जिम्मा लिएर सरकार निष्क्रिय भयो।”

०६६ मा २४ वटा विद्यालयमा मातृभाषामा पढाइ हुन्थ्यो। अहिले त्यो संख्या घटेर १७ विद्यालयमा पढाइ भइरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाे तथ्यांक छ।

नेपालको संविधानमा नै मातृभाषामा पढ्न पाउने अधिकार सुनिश्चित रहेको भए पनि व्यवहारमा लागू हुन नसकेको शिक्षाविद् विनय कुसियत बताउँछन्। उनी भन्छन्, “विश्वव्यापी रुपमा नै मातृभाषामा पढ्न पाउने अवधारणा रहेको छ।”

मातृभाषालाई कार्यन्वयन गर्नका लागि बहुभाषिक नीति अबलम्बन गर्नुपर्ने कुसियतको तर्क छ। कुनै एक मातृभाषाको बाहुल्यता भएको स्थानमा मातृभाषामा पढाउन उनी सुझाउँछन्।

मातृभाषामा बालबालिकाले सहजै सिक्ने भएकाले कम्तिमा पूर्वप्राथामिक तहसम्म अनिवार्य रुपमा मातृभाषाको सिकाइ हुनुपर्ने उनको मत छ। गाँँउका अधिकाशं क्षेत्रमा नेपाली बुझ्दैनन्। अन्य समुदायका लागि नेपालीमा सिक्न सकस हुने भएकाले मातृभाषाको माध्यमबाट पढाए सहजे सिक्ने उनी बताउँछन्।

“बहुभाषिक व्यक्तिहरू बसोवास गर्ने स्थानमा बहुभाषिक अध्यापन गराउनुपर्छ”, कुसियत भन्छन्, “नीति निर्माण गर्दा शहरको कुरा मात्र हेर्ने गरेको पाइन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved