१४ औँ महाधिवेशन

कांग्रेसले छान्यो ६० जिल्लाको १६५ निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि

कांग्रेस निर्वाचन समितिका अनुसार ६० जिल्लाको १६५ निर्वाचन क्षेत्रमा आज महाधिवेशन प्रतिनिधि छनोट भएका हुन्।

कांग्रेसले छान्यो ६० जिल्लाको १६५ निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि

काठमाडौं। १४ औँ महाधिवेशनमा होमिएको सत्तारुढ नेपाली कांग्रेसले ६० जिल्लाका १६५ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट गरेको छ। पूर्वनिर्धारित महाधिवेशन कार्यतालिकाअनुसार सोमबार महाधिवेशन प्रतिनिधि छनोट भएका हुन्।

कार्यतालिका अनुसार आज प्रतिनिधिसभा क्षेत्रस्तरीय अधिवेशन सम्पन्न भएको हो। कांग्रेस निर्वाचन समितिका अनुसार ६० जिल्लाको १६५ निर्वाचन क्षेत्रमा आज महाधिवेशन प्रतिनिधि छनोट भएका हुन्।

समितिका अनुसार केही क्षेत्रमा सर्वसम्मत तथा केही क्षेत्रमा निर्वाचनमार्फत प्रतिनिधि छानिएका छन्। निर्वाचन प्रक्रियाको नतिजा आजै साँझदेखि आउन शुरु हुने समितिले जनाएको छ।

कांग्रेसको निर्वाचन समितिले १६५ वटै क्षेत्रको नतिजाको विवरण अहिलेसम्म आइनसकेको जनाएको छ।

निर्वाचन समितिका सदस्य तेजबहादुर रावलका अनुसार सर्लाही, रसुवा र सिन्धुपाल्चोकमा अधिवेशन शुुरु हुन नसकेको पनि बताए । यी तीन जिल्लाबाहेक अन्य जिल्लाको पनि अधिवेशन प्रक्रियामा रहेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसका शीर्ष नेताहरु पनि महाधिवेशन प्रतिनिधि छनोटमा आफैं सहभागी भएका छन्। काठमाडौंबाट सभापतिका दाबेदार नेता प्रकाशमान सिंह, उनकी पत्नी र छोरा महाधिवेशन प्रतिनिधि चयन भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved