सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हट्नुपर्छ : नेम्वाङ

नेपालभ्युज

सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हट्नुपर्छ : नेम्वाङ
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सर्वोच्च अदालत परिसरबाट सशस्त्र प्रहरी हटाउन सरकारसँग माग गरेको छ।

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सोमबार आन्दोलनरत नेपाल बार एशोसिएशनको ज्ञापन पत्र बुझ्दै सर्वोच्च अदालत परिसरमा प्रहरी परिचालन नगर्न आग्रह गरेको हो संसदीय दलका उपनेता नेम्वाङले अदालत परिसरमा परिचालन गर्नु दुखद् भएको बताए। बारले उठाएको मुद्दा गम्भीर भएकाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन पहल गर्ने प्रतिवद्धता उनले गरेका थिए।

‘‘मुद्दा लिएर सर्वोच्च गएपनि न्याय पाउन नसक्ने अवस्था छ। यो स्थितिलाई यहाँहरूले उल्लेख गर्दा म आफैले बोलिरहेको जस्तो लागिरहेको छ,” उनले भने। उनले आफूहरूले पनि संसद्का केही घटनाक्रममा सन्दर्भमा सर्वोच्चमा रिट दायर गरेकोमा समयमै न्याय पाउन नसकेको बताए।

उनले अदालतमा देखिएको समस्या समाधान गर्न सम्बन्धित पक्षले बेलैमा पहल गर्न नसकेको आरोप लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved