यू-१९ एकदिवसीय पुरुष क्रिकेट भोलिदेखि

प्रतियोगितामा राउण्ड रोविनको आधारमा खेलहरु हुनेछन्। प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमको एक्सन स्पोर्ट्स च्यानलले गर्नेछ।

नेपालभ्युज

यू-१९ एकदिवसीय पुरुष क्रिकेट भोलिदेखि

काठमाडौं। नेपाल क्रिकेट संघ, क्यानको आयोजनामा भोलिदेखि यू-१९ एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता हुँदैछ। क्यानले आज पत्रकार सम्मेलन गरेर भोलिदेखि हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।

१९ मंसिरसम्म हुने प्रतियोगितामा सातवटै प्रदेशका टिमहरु सहभागी छन्। भोलि पहिलो दिन प्रदेश १ र बागमती प्रदेशबीचको खेलबाट प्रतियोगिता शुरु हुनेछ।

बिहान नौ बजे प्रदेश १ र बागमतीबीच त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल हुनेछ। सोही समयमा मुलपानी क्रिकेट मैदानमा गण्डकी र लुम्बिनी प्रदेशबीच खेल हुनेछ।

प्रतियोगितामा राउण्ड रोविनको आधारमा खेलहरु हुनेछन्। प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमको एक्सन स्पोर्ट्स च्यानलले गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved