तत्काल खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने महासंघको निष्कर्ष

काठमाडौंमा दुई दिने खेल नीति सम्मेलन गर्दै महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको हो।

नेपालभ्युज

तत्काल खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने महासंघको निष्कर्ष

काठमाडौं। नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले तत्काल खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको छ। काठमाडौंमा दुई दिने खेल नीति सम्मेलन गर्दै महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको हो।

सम्मेलनमा महासंघका अध्यक्ष रमेश पौडेलले खेलको माध्यमबाट नेपाली खेलाडीहरूलाई गर्व गर्न सक्ने स्थिति सिर्जना गर्ने बताए। पेट खालि राखेर खेलाडीहरूले खेल्न नसक्ने भन्दै उनले सम्मेलनले खेलको विकासका लागि कसरी औधोगिकरण, व्यवसायीकरण गर्ने र पर्यटनसँग जोड्ने भन्नेमा जोड दिनुपर्ने बताए।

अध्यक्ष पौडेलले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्ने विषयमा सम्मेलनमा छलफल भएको बताए।

‘‘खेलाडीलाई गर्व गर्ने स्थिति बनाउँछौं। नेपाललाई खेलकुदको माध्यमद्वारा माथि उठाउन चाहन्छौं। त्यसका लागि यो खेल नीति सम्मेलन, यो ऐनको बारेमा मात्रै छलफल गरिरहेका छैनौं, सरकारले ऐन जारी गरेको छ, एक वर्ष पुगेको छ, ४ वर्षपछि फेरि पुनरावलोकन गरौंला”, अध्यक्ष पौडेलले भने, ‘‘हामी सम्पूर्ण खेल नीतिको कुरा गरिरहेका छौं। कुन खेललाई कसरी व्यवसायीकरण गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका छौं।”

उनले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निर्णय सम्मेलनले गरेको बताउँदै यसका लागि पहल गरिरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved