एमाले सचिवमा उठ्ने महेश बस्नेतको घोषणा

नेपालभ्युज

एमाले सचिवमा उठ्ने महेश बस्नेतको घोषणा

काठमाडौं। नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सोमबार मध्यपुर थिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। पार्टी र देशमा युवाको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ‌ओली र एमालेको कवचको रुपमा मुलुकमा युवाशक्ति परिचालन गर्न आफू सचिव पदमा उठ्न लागेको उनले बताए।

आफू युवा संघको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा पार्टीकै पक्षमा युवालाई एकतावद्ध बनाउन काम गरेको र आगामी दिनमा एमालेमा ऊर्जावान युवाको प्रवेश गराउन पनि उम्मेदवारी घोषणा गरेको उनको भनाइ थियो।

उनले आफूले सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गरेका छन्। सो आधारपत्रमा उनले आफू मन्त्री हुँदा गरेका कार्य र आगामी दिनमा पार्टी र देशलाई दिनसक्ने योगदानहरुका बारेमा उल्लेख गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved