बाघको छालासहित २ जना पक्राउ

नेपालभ्युज

बाघको छालासहित २ जना पक्राउ

दाङ। दाङको घोराही उपमहानगरपालिका १६ गडुवाबाट १ थान बाघको छालासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका ३१ वर्षीय महेश खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। अर्का एकजनाको भने परिचय खुल्न बाँकी रहेको छ।

प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले जाँच गर्ने क्रममा बाघको छाला भेटिएपछि मोटरसाइकलमा सवार उनीहरूलाई  पक्राउ गरेको हो।

मोटरसाइकलमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेका उनीहरूलाई रा २ प २६६ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved