राष्ट्रियसभा अध्यक्ष तिम्सिना र सुभाष नेम्वाङलाई नेपाल बारको ज्ञापनपत्र

सर्वोच्च अदालतमा पछिल्लो समयको परिस्थितिबारे नेपाल बारले नेम्वाङ र अध्यक्ष तिम्सिनालाई १७ बुँदे ज्ञापनपत्र बुझाएको हो।

नेपालभ्युज

राष्ट्रियसभा अध्यक्ष तिम्सिना र सुभाष नेम्वाङलाई नेपाल बारको ज्ञापनपत्र

काठमाडौं। नेपाल बार एशोसिएशनले पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनालाई ज्ञापनपत्र बुझाएको छ।

सर्वोच्च अदालतमा पछिल्लो समयको परिस्थितिबारे नेपाल बारले नेम्वाङ र अध्यक्ष तिम्सिनालाई १७ बुँदे ज्ञापनपत्र बुझाएको हो। बारले कात्तिक दोस्रो सातादेखि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ।

ज्ञापनपत्र बुझ्दै नेम्वाङले यस विषयलाई आफूले गम्भीर रुपमा लिएको र आफू अदालतमा देखिएको पछिल्लो गतिरोधबारे अद्यावधिक रहेको बताए। उनले सर्वोच्चमा अहिले न्यायसम्पादन रोकिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए।

यस्तै, ज्ञापनपत्र बुझ्दै अध्यक्ष तिम्सिनाले यस सम्बन्धमा आफूले कानूनी रुपमा गर्नुपर्ने काम गर्ने बताए। उनले अन्य सांसदहरुले पनि कानूनअनुसार काम गर्ने बताए।

यसअघि, नेपाल बारले आजै सभामुख अग्निप्रसाद सापकोटालाई पनि ज्ञापनपत्र बुझाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved