नेपाल बारले सभामुख सापकोटालाई बुझायो ज्ञापनपत्र

सोमबार बारको टोलीले सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख सापकोटालाई १७ बुँदे पत्र बुझाएको हो।

नेपालभ्युज

नेपाल बारले सभामुख सापकोटालाई बुझायो ज्ञापनपत्र

काठमाडौं। नेपाल बार एशोसिएशनले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई अदालतमा जारी गतिरोधको विषयमा ज्ञापनपत्र बुझाएको छ।

सोमबार बारको टोलीले सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख सापकोटालाई १७ बुँदे पत्र बुझाएको हो।

पत्र बुझ्दै सभामुख सापकोटाले आफू पदीय हिसावले निष्पक्ष, स्वतन्त्र र तटस्थ बस्ने बताए। उनले आफ्नो निष्पक्षता, स्वतन्त्रता र तटस्थता देश, जनता र राष्ट्रको पक्षमा हुने बताए।

सभामुख सापकोटाले आफूले अहिले अदालतमा देखिएको विषयलाई नजिकबाट नियालिरहेको बताए। बारको आन्दोलनले देश, समाज र जनताका लागि सकारात्मक नतिजा दिने पनि बताए।

नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै कात्तिक दोस्रो सातादेखि आन्दोलन गरिरहेको छ। बारले हरेक दिन सर्वोच्च परिसरमा धर्ना दिँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved