सिभिल स्टेट्सको नाममा सञ्चय कोषको सूचना, सीटीसी मल लिलाम हुनसक्ने

कोषले सम्पूर्ण साँवा, ब्याज, ब्याजमा लाग्ने जरिवना र अन्य जरिवानासहितको रकम ३५ दिनभित्र तिर्नका लागि सूचना जारी गरेको हो।

नेपालभ्युज

सिभिल स्टेट्सको नाममा सञ्चय कोषको सूचना, सीटीसी मल लिलाम हुनसक्ने

काठमाडौं। कमृचारी सञ्चयकोषले हिरासतमा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराम तामाङसहितका व्यक्तिको नाममा सूचना जारी गर्दै ऋण तिर्न भनेको छ। कोषले तामाङसहित तीन जनाको नाममा साँवा, ब्याज रकम तिर्नका लागि सूचना निकालेको हो।

तामाङ सिभिल सहकारीका निक्षेपकर्तालाई संगठितरुपमा ठगि गरेको आरोपमा यसअघि नै प्रहरी हिरासतमा रहेका छन्। सोही अवस्थामा कोषले सम्पूर्ण साँवा, ब्याज, ब्याजमा लाग्ने जरिवना र अन्य जरिवानासहितको रकम ३५ दिनभित्र तिर्नका लागि सूचना जारी गरेको हो।

तामाङसहित केशवलाल श्रेष्ठ र प्रविण मुखियाले लिएको ऋणमा धितोको रुपमा सुन्धारास्थित ६ रोपनी जग्गामा फैलिएको सीटीसी मल रहेको छ। कोषले ऋण नतिरेको अवस्थामा सोही धितोको लिलाम गर्नसक्ने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved