चार खेलाडीले क्यानलाई बुझाए स्पष्टीकरण, समितिले अध्ययन गर्दै

क्यानको गत असोजमा बसेको बोर्ड बैठकले खेलाडीसँग नयाँ सम्झौताका लागि नयाँ वर्गीकरण सूची पारित गरेको थियो। तत्कालीन उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा गठित समितिले सन् २०२१ को अप्रिलदेखि डिसेम्बरसम्मको सम्झौताका लागि नयाँ वर्गीकरण सूची बनाएको थियो।

नेपालभ्युज

चार खेलाडीले क्यानलाई बुझाए स्पष्टीकरण, समितिले अध्ययन गर्दै

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसँगै अन्य तीन खेलाडीले नेपाल क्रिकेट संघ (क्यान) लाई स्पष्टीकरण पेश गरेका छन्।

क्यानले गरेको खेलाडी वर्गीकरणमा चित्त नबुझेपछि कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी तथा सोमपाल कामी र कमल सिंह ऐरीले गत १७ मिडियामा असन्तुष्टि पोखेका थिए।

सोही विषयमा आधिकारिक रुपमा संघमा नआएर मिडियामा गएको भन्दै क्यानले यी चारै जना खेलाडीसँग स्पष्टीकरण मागेको थियो। जसको जवाफका लागि सात दिनको समय दिएकोमा सबै खेलाडीहरुले लिखित स्पष्टीकरण दिएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाल भ्यूजलाई बताए।

मल्ल भन्छन्, “क्यानमा सबै खेलाडीहरुको स्पष्टीकरण आइपुगेको छ। उहाँहरुले आफ्नो तरिकाले स्पष्टिकरण पेश गर्नुभएको छ। यसका लागि बनेको पाँच सदस्यीय समितिले त्यसमा अध्ययन गर्दैछ। स्पष्टीकरण ठीक छ कि छैन अध्ययन र छलफलपश्चात् समितिको बैठक बसेर त्यसलाई क्यानको बोर्डमा पठाउँछौँ। त्यसपछि खेलाडीलाई बोलाएर छलफल गर्ने कि वा के गर्ने भन्ने थप निर्णय बोर्डले गर्नेछ।”

क्यानको गत असोजमा बसेको बोर्ड बैठकले खेलाडीसँग नयाँ सम्झौताका लागि नयाँ वर्गीकरण सूची पारित गरेको थियो। तत्कालीन उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा गठित समितिले सन् २०२१ को अप्रिलदेखि डिसेम्बरसम्मको सम्झौताका लागि नयाँ वर्गीकरण सूची बनाएको थियो।

खेलाडीको प्रदर्शन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिताको प्रमुख आधारमा क्यानले खेलाडीहरुलाई तीन श्रेणीमा वर्गीकरण गरेको थियो। जसअनुसार राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीहरुले ‘ए’ श्रेणीमा पर्नेले मासिक ५० हजार, ‘बी’मा पर्नेले मासिक ४० हजार र ‘सी’मा पर्ने खेलाडीले मासिक ३० हजार पाउने व्यवस्था छ।

विशेषगरी सोही वर्गीकरणमा क्यानले नेपालका फाष्ट बलर सोमपाल कामीलाई ‘बी’ श्रेणीमा राखेकाले यी चार खेलाडीले असन्तुष्टि जनाउँदै एक मिडियामा बोलेका थिए। जसकारण चारै जना खेलाडीलाई क्यानले पत्र काटेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved