जन्तीबसको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयद्वारा गाडी तोडफोड

नेपालभ्युज

जन्तीबसको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयद्वारा गाडी तोडफोड

काठमाडौँ। सिन्धुपाल्चोकमा जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। सिन्धुपाल्चोकबाट काठमाडौँतर्फ गइरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिएको हो।

मेलम्ची नगरपालिका ११, बाहुनेपाटी बजारमा भएको दुर्घटनामा मृत्यु हुनेमा नुवाकोट घर भई हाल मेरो लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारी बासु बस्नेत रहेको प्रहरीले बताएको छ।

सोमबार बिहान बा४ख ७७६६ नम्बरको बसले बा.प्र. ०२, ०२० प ८११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए। बसको ठक्करबाट बस्नेतको मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved