साझा पार्टीसँग एकीकरण गर्नु गल्ती भयो – मिलन पाण्डे

नेपालभ्युज

साझा पार्टीसँग एकीकरण गर्नु गल्ती भयो – मिलन पाण्डे

काठमाडौँ। विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझा पार्टीसँगको एकीकरण गल्ती भएको बताएका छन्। सोमबार कर्मा लामा तामाङको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता भएको नेपाल विवेकशील पार्टीलाई बधाई दिँदै संयोजक पाण्डेले अर्को पक्षसँग ‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता’ का एजेन्डामा विश्वास गर्नु नै गल्ती भएको बताएका हुन्।

गत मंसिरमा विवेकशील र साझा पार्टीबीच दोस्रो पटक एकीकरण भएको थियो। स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी तथा धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग राख्दै अध्यक्ष रवीन्द्र मिश्रद्वारा तयार पारिएको दस्ताबेज केन्द्रीय समितिबाट अनुमोदन भएपछि संयोजक पाण्डे पक्ष असन्तुष्ट बनेको छ।

अध्यक्ष मिश्रले आफ्नो पक्षको सबै शक्ति आफूमा केन्द्रित गर्ने, आफ्नो व्यवस्था विरोधी दस्ताबेज पारित गर्ने र संवाद समिति आफू अनुकूल बनाएर पश्चगामी शक्तिहरूसँग तालमेल गर्ने बाटोमा हिँडेको संयोजक पाण्डेले आरोप लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved