प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायीहरु सर्वोच्चमा धर्नामा

प्रधान न्यायाधीशविरुद्धको तेस्रो चरणको आन्दोलनअन्तर्गत अहिले कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसरमा धर्नामा बसेका छन्।

नेपालभ्युज

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायीहरु सर्वोच्चमा धर्नामा

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार पनि आन्दोलन जारी राखेको छ। प्रधानन्यायाधीशविरुद्धको तेस्रो चरणको आन्दोलनअन्तर्गत अहिले कानुन व्यसायीहरु सर्वोच्च अदालत परिसरमा धर्नामा बसेका छन्।

जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु कात्तिक १४ देखि आन्दोलनरत छन्। यसअघि सर्वोच्च अदालतमा मात्रै धर्नामा बसेकाहरू उनीहरु सोमबार भने देशैभरका अदालत परिसरमा धर्नामा छन्।

यस्तै नेपाल बार एसोसिएसनले न्यायालयमा देखिएको समस्या समाधानको पहल गर्न आग्रह गर्दै दलहरूलाई समेत आह्वान गर्दैछ। संसदमा रहेका सबै दलहरूलाई सोमबार ज्ञापन पत्र बुझाउने बताइएको छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षण पत्र बुझाउन लागेको बारले जनाएको छ।

प्रधानन्यायाधीशलाई महाभियोग लगाएर पदमुक्त गर्नुपर्ने बारले माग गर्दै आएको छ। जबरा विरुद्धको आन्दोलनमा बारले दलहरूको समर्थन खोजे पनि उनीहरूले अहिलेसम्म सर्वोच्च अदालतमा देखिएको विवाद निरूपणबारे ठोस धारणा बनाएका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved