सडक निर्माणमा ढिलाइ भएकाे भन्दै ललितपुरमा स्थानीयले गरे बन्द (फोटो फिचर)

पाँच बर्ष पुग्न लाग्दा समेत बाटो नबनेपछि स्थानीय आक्रोशित हुँदै सडक अवरुद्ध गर्न बाध्य भएका हुन्।

नेपालभ्युज

सडक निर्माणमा ढिलाइ भएकाे भन्दै ललितपुरमा स्थानीयले गरे बन्द (फोटो फिचर)

काठमाडौँ। निर्माण शुरु भएको लामो समयसम्म काम सम्पन्न नभएको भन्दै स्थानीयले ललितपुरको गोदावरी, हरिसिद्धि, बाडेगाउँ सडक बन्द गरेका छन्। सात दशमलव छ किलोमिटर लम्बाइको सो सडक निर्माणको ठेक्का सम्झौता २०७३ असारमा भएको हो। तर, पाँच बर्ष पुग्न लाग्दा समेत बाटो नबनेपछि स्थानीय आक्रोशित हुँदै सडक अवरुद्ध गर्न बाध्य भएका हुन्।

कतिपय स्थानमा सडक पीच भए पनि अधिकांश स्थानमा काम भएको छैन। एमालेको विधान महाधिवेशनको समयमा सडकमा पानी हालेर धुलो नउड्ने बनाइए पनि अरू समयमा सो बाटो हिँडिसक्नु छैन। बाटो निर्माणको लागि दबाब दिन सडक केही घण्टा बन्द गर्नुपरेको स्थानीयले बताए।

गोदावरीनगर १४ का वडाध्यक्ष जगतनाथ महर्जन कच्ची सडकमा धुलो धुवाँ उडेर सडक वरपरका बासिन्दा बस्नै नसक्ने अवस्था आएको र स्थानीयलाई सडक बन्न लागेको छ भनेर आफूले सम्झाउने अवस्था नरहेको बताए । उनी भन्छन्, ‘‘खाल्टोका कारण धेरै मोटरसाइकल लडिसके। स्थानीयलाई सास्ती छ ।’’
स्थानीय प्रशासन र मन्त्रालयसम्म ठेकेदारलाई छलफलमा ल्याउँदा मंसिरसम्म बनाइसक्ने आश्वासन दिएको जानकारी दिँदै भोलिबाटै काम नगरे स्थानीयले अझै केही दिन बन्द गर्ने उनले बताए ।

यता सरकारी पक्षले भने स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन नदिँदा समयमा काम नसकिएको भन्दै पन्छँदै आएको छ।

तस्वीर– पत्रकार दीपक अर्यालको फेसबुकबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved