अमेरिकी दूतावासले शिक्षामा नवसिर्जना मेला गर्ने

अमेरिकी दूतावासले शिक्षामा नवसिर्जना मेला गर्ने

काठमाडाैँ। अमेरिकी दूतावासको ‘बुकबस’ले शिक्षामा पाँचौँ नवसिर्जना मेला (इनोभेसन इन एजकुेसन फेयर) को आयोजना गर्दैछ। यही मङ्सिर ८ देखि १९ गतेसम्म भर्चुअलरुपमा हुने मेलामा नेपाली शिक्षा व्यवस्थामा नयाँ पद्धति भित्र्याउन योगदान दिने व्यक्तिले सिर्जनात्मक र नवीन अभ्यासबारे छलफल गर्नेछन्।

विद्यालयको कक्षाकोठा रूपान्तरणका लागि सङ्गीत, विद्यार्थीका विविध आवश्यकताको सम्बोधन, सिकाइका साधनको रुपमा पठन र लेखन, विद्यार्थीका जिज्ञासाको प्रोत्साहन र कक्षाकोठाको सान्दर्भिकताजस्ता विषयमा छलफल पनि गराइने दूतावासले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved