माओवादी पार्टी कमजोर भयो भने देश दुर्घटनामा पर्छ – प्रचण्ड

नेपालभ्युज

माओवादी पार्टी कमजोर भयो भने देश दुर्घटनामा पर्छ – प्रचण्ड
फाइल तस्वीर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी बलियो हुनुपर्ने अवस्था आएको बताएका छन्।

चितवनमा आयोजित अगुवा कार्यकर्ता तथा भेटघाट कार्यक्रममा प्रचण्डले आफूहरू कमजोर भए सिस्टम फेल हुने देश दुर्घटनामा जाने बताएका छन्। उनले यस्तो भयानक अवस्था आउन नदिन पनि कार्यकर्तालाई अनुरोध गरे।

उनले भने, “कि त यो परिवर्तन ल्याउनै हुँदैन्थ्यो, ल्याइसकेपछि यसलाई कमजोर बनाउनदिनुहुँदैन। यो परिवर्तन ल्याएर टुटफुटमा लाग्नै हुँदैन। हामी लडिराखे क्रान्तिपछिका परिवर्तन रहिरहन्छ।”

आफूहरू माओवादी पार्टीलाई पुनर्गठन गर्ने अभियानमा रहेको भन्दै उनले अब यो अभियान नरोकिने जिकिर गरे। भने, “अभियान रोकिने छैन।”

आगामी निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाउनुपर्ने बताएका प्रचण्डले यो दायित्व आफूहरूको काँधमा रहेको र यसो नगरे आउने पिँढीले सराप्ने उनले बताए।

भाषणको अन्तिम समयमा नेकपा (एमाले) केपी ओलीप्रति खनिएका प्रचण्डले एमालले चितवनमा महाधिवेशन गर्न खोजेर आफूहरूलाई देखाउन खोजेको बताए।


Comment

One thought on “माओवादी पार्टी कमजोर भयो भने देश दुर्घटनामा पर्छ – प्रचण्ड

Leave a Reply to Yakindra Timilsina Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved