एमाले स्थायी कमिटी बैठक बस्दै, ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने

नेपालभ्युज

एमाले स्थायी कमिटी बैठक बस्दै, ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने

काठमाडौँ। पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट गर्ने विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। सोमबार दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठानमा बैठक बस्नेछ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए अनुसार महाधिवेशनसँग सम्बन्धित विषयमा बैठकमा छलफल हुनेछ । एमालेको विधानअनुसार केन्द्रीय कमिटीले ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्नेछ । सोमबारको बैठकमा मनोनीत गर्ने प्रतिनिधिहरूको नाम पेश हुनेछ । त्यसमाथि छलफल गरेर बैठकले अनुमोदन गर्नेछ ।

नेताहरूका अनुसार प्रस्ताव भएका नामहरू सोमबारै अनुमोदन नभए अर्को बैठकले अनुमोदन गर्नेछ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०,११ र १२ गते चितवनमा हुँदैछ । त्यसका लागि एमालेले १९९९ महाधिवेशन प्रतिनिधिमार्फत २३५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved