राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

नेपालभ्युज

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

काठमाडौँ। सोमबारदेखि राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन शुरु हुँदैछ। मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा राप्रपाको महाधिवेशन आयोजना गरिएको छ।

महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट २९७० प्रतिनिधि छनौटका लागि मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने तालिका रहेको राप्रपाका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिएका छन्।

राप्रपाले प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनौट गर्नेछ जसअनुसार ३ खस आर्य ९अन्य०, ३ महिला, १ जनजाति, १ दलित, १ अल्पसंख्यक, मुस्लिम, थारु लगायत गरि नौ जना निर्वाचित गर्नेछ। यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले बताएका छन्।

राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधिहरू, भातृ संगठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुने समेत गरि ४५०० महाधिवेशन प्रतिनिधि हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved