काठमाडौंका विभिन्न सडकमा आधुनिक बत्ती जडान गरिँदै

नेपालभ्युज

काठमाडौंका विभिन्न सडकमा आधुनिक बत्ती जडान गरिँदै

काठमाडौं। काठमाडौं महानगरपालिका क्षेत्रका सडकमा आधुनिक बत्ती जडान हुने भएको छ। महानगरका मुख्य सडक क्षेत्रमा २५ सय ५० बत्ती जडानको काम शूरु भएको हो।
करिब १३ करोड लगानीमा आधुनिक बत्ती जडान कार्यका लागि टेन्डर अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणले प्रारम्भिक अध्ययन पूरा गरी काठमाडौं महानगरका ६५ किलोमिटर सडकमा आधुनिक बत्ती जडान गर्ने प्रक्रिया शुरु गरेको हो।

उपत्यकामा सडकमा बत्ती जडान गरी सहरमा रात्रिकालीन सौन्दर्य कायम गर्नको लागि काठमाडौं महानगरपालिका, प्राधिकरण र सडक विभागबीच गत मंसिर २५ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

सहमतिअनुसार पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै बल्खु र त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्मका दुवै सडक पेटीमा आधुनिक बत्ती जडानको तयारी थालिएको प्राधिकरणले जनाएको छ। काठमाडौं उपत्यकाका सडकलाई रातिको समयमा उज्यालो बनाउनको लागि आधुनिक बत्ती जडान गर्न लागिएको सडक विभागले जनाएको छ।

सोही कार्य अन्तर्गत ललितपुर महानगरपालिकामा कुपन्डोलदेखि सातदोबाटोसम्म आधुनिक बत्ती जडान गरिएको छ। ललितपुरले करिब ४ करोड रुपैयाँमा ८ सय बत्ती जडान गरेको हो।
साथै प्राधिकरणले भरतपुर महानगरपालिकामा ८० किलोमिटर सडकमा करिब १२ करोड रुपैयाँको लगानीमा २५ सय बत्ती जडान गर्न सुरु गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved