कांग्रेसले ६० जिल्लामा अधिवेशन गर्दै, महाधिवेशन प्रतिनिधि पनि चयन हुने

अधिकांश केन्द्रीय नेताहरु गृह जिल्लामा

वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्नेछन्। महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले अधिकांश केन्द्रीय नेताहरु गृह जिल्ला पुगेका छन्।

नेपालभ्युज

कांग्रेसले ६० जिल्लामा अधिवेशन गर्दै, महाधिवेशन प्रतिनिधि पनि चयन हुने

काठमाडौं। १४ औँ महाधिवेशन अन्तर्गत नेपाली कांग्रेसका आज (सोमबार) प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन शूरु हुँदैछ। ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्दै कांग्रेसले महाधिवेशन प्रतिनिधि चयन गर्न लागेको हो।

प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन सोमबारकै लागि तोकिएको छ। मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन तय गरिएको छ।

यस्तै, सोमबारै केन्द्रीय महाधिवेशनका मतदाता महाधिवेशन प्रतिनिधि पनि चयन हुनेछन्। वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्ने छन्। महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले अधिकांश केन्द्रीय नेताहरु गृह जिल्ला पुगेका छन्।

यसअघि १४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ। सोमबार थप ६० जिल्लामा अधिवेशन हुन लागेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले बताए।

बागमती र प्रदेश २ का केही जिल्लामा भने अधिवेशन प्रक्रिया रोकिएको छ। सर्लाही, सिन्धुपाल्चोक र रसुवामा अधिवेशन प्रक्रिया रोकिएको हो केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुने छ। तर, नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम भने मंसिर २१ गतेबाटै शूरु हुनेछ।
समय अभावका कारण विधान अधिवेशन अर्को मितिमा गर्ने निर्णय भएको छ। मंसिर २१ मा उम्मेदवार मनोनयन दर्ता हुनेछ भने २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ। त्यस्तै २५ र २६ गते नेतृत्व चयनका लागि मतदान हुने तालिका तय भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved