‘ए’ डिभिजन लिग – मनाङले जावलाखेललाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग – मनाङले जावलाखेललाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ। दशरथ रङ्गशालामा आइतवार भएको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल यूथ क्लबलाई एक–शून्य गोलले हरायो।
मनाङ मर्स्याङ्दीलाई जिताउन दिनेश राजवंशीले खेलको ५६ औँ मिनेटमा गोल गरे। यसअघि ३० मिनेटमा विदेशी खेलाडी हफिज ओलावालेको गोललाई रेफ्रिले अफसाइड भएको भन्दै मान्यता दिएनन्। गोलकर्ता दिनेश म्यान अफ दि म्याच भए।

सोमवार त्रिभुवन आर्मी र नेपाल पुलिस तथा मच्छिन्द्र र एनआरटीबीच खेल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved