अभिभावकलाई ओलीको टिप्स–‘बच्चालाई बदमास छ भनेर कहिल्यै नभन्नुस्’

खेलाडी र बालबालिका उस्तै भएको टिप्पणी गर्दै उनले बालबालिकालाई बदमास छ भनेर कहिल्यै नभन्न सुझाव दिए।

नेपालभ्युज

अभिभावकलाई ओलीको टिप्स–‘बच्चालाई बदमास छ भनेर कहिल्यै नभन्नुस्’
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालबालिकाहरूप्रति कस्तो व्यवहार गर्ने भन्ने विषयमा टिप्स दिएका छन्। नेपाल खेलकुद महासंघ र काठमाडौं महानगरले संयुक्त रूपमा आयोजना गरेको खेल नीति सम्मेलनको उद्घाटनका क्रममा अभिभावकलाई टिप्स दिएका हुन्।

खेलाडी र बालबालिका उस्तै भएको टिप्पणी गर्दै उनले बालबालिकालाई बदमास छ भनेर कहिल्यै नभन्न सुझाव दिए। हरेकको घरमा बच्चाबच्ची हुने र सुझाव दिन चाहेको बताउँदै ओलीले भने ‘‘बच्चालाई बदमास छ भन्ने होइन। ज्ञानी छ भन्नुस्, अवश्य पनि ज्ञानी हुन्छ। बदमास छ भनेपछि ऊ कसरी ज्ञानी हुन्छ ? यो बदमास छ भन्नुभयो भने तत्कालै ग्लास फुटाइदिन्छ। त्यहीँ देखाइदिन्छ उसले। यदि ज्ञानी छ भन्नुभयो भने तपाइको विश्वास तोड्दैन।’’

घरमा पनि बालबालिकालाई कुनै हिसाबमा झुटो यसले बोल्दैन भनेमा उसले झुटो नबोल्ने पनि ओलीको भनाई थियो। बालबालिकाका कमजोरीमा सजाय दिएर फाइदा नभएको उनी उनले सुनाए। आफूहरूले अब बालबालिकालाई विद्यालय तहदेखि नै छनौट गरेर ल्याउनेसमेत उल्लेख गरेका थिए। आफूहरूले खेलकूदमा पर्याप्त लगानी गर्न नसकेको बताउँदै उनले बाली नलगाई फल मात्र आस गरेर मात्र नहुने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved