सर्वोच्चमा वकिल र प्रहरीबीच धकेलाधकेल

अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चबाट प्रहरी हटाउनुपर्ने बताइरहेको बेला प्रहरीले प्रहरीविरुद्ध आन्दोलन केन्द्रीत नहुन माइकिङ गरेको थियो। त्यसलगत्तै कानून व्यवसायीहरूले ‘तपाईंले आदेश दिने होइन, प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए

नेपालभ्युज

सर्वोच्चमा वकिल र प्रहरीबीच धकेलाधकेल

काठमाडौं। आन्दोलनरत नेपाल बार एशोसिएसनका वकिल र प्रहरीबीच धकेलाधकेल भएको छ। करीब १ महीनादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत वकिलहरूको धर्नामा हस्तक्षेप गरेपछि वकिल र प्रहरीबीच सामान्य धकेलाधकेल भएको हो।

अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चबाट प्रहरी हटाउनुपर्ने बताइरहेको बेला प्रहरीले प्रहरीविरुद्ध आन्दोलन केन्द्रीत नहुन माइकिङ गरेको थियो। त्यसलगत्तै कानून व्यवसायीहरूले ‘तपाईंले आदेश दिने होइन, प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

बारले आजदेखि देशभरका सबै अदालतमा बन्दीप्रत्यक्षीकरणबाहेक बहस बहिष्कार गर्न वकिलहरूलाई सर्कुलर गरेको छ। सोमबार बारले देशभरका अदालतमा यसअघि गर्दै आएको धर्ना कार्यक्रमलाई निरन्तरता दिई प्रधानन्यायाधीश प्रकरणमा बोल्न माग गर्दै केन्द्रमा संसदमा रहेका सबै राजनीतिक दलका संसदीय दललाई ध्यानाकर्षण पत्र दिनेछ।

मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादका बाहेक कुनै पनि अदालत, न्यायाधीकरणहरुमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ र बहस नोट दर्ता नगर्ने बारले जनाएको छ भने बुधबार देशभरका १८ वटा उच्च अदालत र उच्च अदालतका इजलासमा बहस पैरवी नगर्ने बारले निर्णय गरेको छ।

आइतबार बारको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले  सर्वोच्च अदालतभित्रको सशस्त्र र दंगा प्रहरी हटाउनुपर्ने बताए।

९ र १० गते काठमाडौं उपत्यकाका सबै बार एकाइका सदस्यसहित सर्वोच्च अदालत केन्द्रीत आन्दोलन गर्ने बारका महासचिव लीलामणि पौडेलले बताएका  छन्।

प्रधानन्यायाधीश जबराले न्यायालय किनबेचको वस्तु बनाएको भन्दै आफूहरूले आन्दोलन गरिररहेको र प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आफ्नो आन्दोलन जारी रहने बारका महासचिव पौडेलले बताए।

”हामी तपाईंलाई छाड्नेछैनौं, जबतक तपाईं सर्वोच्चमा हुनुहुन्छ तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ,” उनले भने, ”सम्मानित पदमा बस्दैमा सम्मानित नहुने रहेछ, यति निच भएर, यति घृणित भएर पदमा बसिराख्नु कदापि शोभनीय होइन।”

No description available.

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved