वडा सम्मेलनबाट माओवादीको नयाँ नेतृत्व चयन

वडा सम्मेलनबाट माओवादीको नयाँ नेतृत्व चयन

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले देशैभर वडा सम्मेलन सम्पन्न गरेको छ। माओवादी केन्द्रले शनिबार वडा सम्मेलन गरेको थियो। वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएका छन्।

वडा सम्मेलन उत्साहजनकरूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए। सम्मेलन सम्पन्न भएका वडाको तथ्यांक संकलन भइरहेको र आइतबार साँझसम्म विवरण सार्वजनिक हुने उनले बताए।

प्राविधिक कारणका कारण केही वडामा सम्मेलन हुन नसकेको र आइतबारसम्म सबै वडामा नयाँ नेतृत्व चयन हुने उनले बताए।

माओवादीले शनिबार देशरभका छ हजार ७४३ वडामा सम्मेलन आयोजना गरेको थियो। पछिल्ला समय सांगठनिक सुदृढीकरणमा जुटेको माओवादीले मंसीर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ। यस्तै, यही मंसीर २५ गते प्रदेश सम्मेलन हुनेछ।

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ।

ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन माओवादी केन्द्रले ललितपुरका ६ वटै स्थानीय तहका सबै वडामा नेतृत्व चयन गरेको छ।

शनिबार भएको वडा सम्मेलनले ७१ वटा वडामा नयाँ नेतृत्व चयन गरेको माओवादीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले बताए। सबै वडामा निर्विरोध रुपमा नेतृत्व चयन भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved