सुर्खेतदेखि काठमाडौं आउँदै गरेको बस लमहीमा दुर्घटना, २९ घाइते

नेपालभ्युज

सुर्खेतदेखि काठमाडौं आउँदै गरेको बस लमहीमा दुर्घटना, २९ घाइते
सांकेतिक तस्वीर

काठमाडौं। सुर्खेतदेखि काठमाडौं आउँदै गरेको बस दाङको लमहीमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्। कर्णाली प्रदेश ०२-००१ ख ०२१९ नम्बरको बस अनियन्त्रित भई अगाडिको पट्टा भाँचिएर दुर्घटना भएको दाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीले जानकारी दिए।

राति २ बजे भएको दुर्घटनामा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले कोहलपुर मेडिकल कलेज रिफर गरिएको उनले बताए। घाइतेमध्ये ७ जनाको लमहीकै स्थानीय अस्पतालमा उपचार भइरहेकोमा बाँकीलाई सामान्य चोटपटक मात्रै लागेको जानकारी उनले दिए।

बसमा ३९ जना यात्रु सवार थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved