के फेरि बिहे गर्दैछन् आमिर खान ?

नेपालभ्युज

के फेरि बिहे गर्दैछन् आमिर खान ?

एजेन्सी। आमिर खान यतिबेला आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’मा व्यस्त छन्। शनिबार फिल्मको पोस्टर सार्वजनिक भएको छ। यस फिल्ममा आमिर खान सिखको भूमिकामा देखिदैछन्।

आमिरसँग करीना कपुर स्क्रिन सेयर गर्दैछिन्। यसैबीच,आमिरसँग सम्बन्धित अर्को समाचार यतिबेला चर्चामा छ। उनी फेरि दुलहा बन्ने तयारीमा रहेको बताइएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आमिरको अर्को विवाहको बारेमा निरन्तर कुरा गरिरहेका छन्।

सामाजिक सञ्जालमा आमिर खानले ‘लाल सिंह चड्ढा’ पछि बिहेको घोषणा गर्न सक्ने चर्चा छ। फिल्मबाट फ्यानको ध्यान विचलित नहोस् र बक्स अफिसमा असर नपरोस् भनेर आमिरले बिहेको बारेमा कुनै घोषणा भने गरिसकेका छैनन्। तर बिहेका लागि उनको नाम फातिमा सना शेखसँग जोडिदै आएको छ।

आमिर र किरण राव छुट्टिनुको कारण फातिमा रहेको चर्चा यसअघिदेखि नै चलिरहेकै छ। यसको एउटा उदाहरण आमिर र किरणको सम्बन्धविच्छेद नै पनि हो, जुन बेला फातिमाको नाम सामाजिक सञ्जालमा ट्रेन्डिङमा आएको थियो। तर त्यसपछि उक्त चर्चा यत्तिकै रोकिएकोमा भारतय फिल्म उद्योगमा पुन: आमिर र फातिमाको बिहेको चर्चा चल्न थालेको छ।

व्यवसायीक रुपमा फातिमा आमिरलाई आफ्नो गुरु मान्छिन्। यी दुईले ‘दंगल’ र ‘ठग्स अफ हिन्दुस्तान’ मा स्क्रिन सेयर गरेका छन्। तर यो हल्ला कति साँचो हो त्यो त समयले नै बताउला।

आमिरको पहिलो श्रीमती रिना दत्त हुन्। रिनासँग सम्बन्धविच्छेद भएपछि आमिरले सन् २००५ किरणसँग बिहे गरेका थिए। आमिरका रिनाबाट इरा र जुनैद तथा किरणबाट आजाद गरी तीन सन्तान छन्। सम्बन्धविच्छेदपछि पनि आमिर र किरणको सम्बन्ध साथीको रूपमा राम्रो छ, केही दिनअघि मात्रै आमिर र किरण एकैसाथ देखिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved