साहित्यिक पत्रकार संघको नेतृत्वमा दुवाल 

नेपालभ्युज

साहित्यिक पत्रकार संघको नेतृत्वमा दुवाल 

काठमाडौँ। नेपाल साहित्यिक पत्रकार संघको अध्यक्षमा मोहन दुवाल निर्वाचित भएका छन्। शुक्रबार काभ्रेको बनेपामा भएको चौथो राष्ट्रिय सम्मेलनले दुवालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो। दुवाल ३८ वर्षदेखि प्रकाशित ‘जनमत’ साहित्यिक पत्रिकाका प्रधान सम्पादक हुन्।

नवनिर्वाचित कार्यसमितिको पाँच उपाध्यक्षमा वियोगी बुढाथोकी, रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गंगा सुवेदी छन्।
महासचिव चेतनाथ धमला, उपमहासचिव नवराज रिजाल, दुई सचिवमा होमशंकर बास्तोला र लक्ष्मी भट्टराई तथा कोषाध्यक्षमा सूर्यप्रसाद लाकोजु छन्। सदस्यमा शैलेन्दुप्रकाश नेपाल, प्रकाश सिलवाल, यादव भट्टराई, गणेश राई, नवदीप श्रेष्ठ, गायत्रीकुमार चापागाईँ, माधवप्रसाद पोखरेल, सुधीर घिमिरे, बालमुकुन्द कार्की, पुण्य घिमिरे, नानीमैया अधिकारी, जगत वाशिष्ठ र रामसुन्दर देउजा छन्।

संघले १२ बुँदे ‘बनेपा घोषणापत्र–२०७८’ जारी गर्दै संविधानमा ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्’ उल्लेख भएअनुसार राज्यले लोपोन्मुख मातृभाषाहरूको समेत संवर्द्धन गर्न पत्रपत्रिका प्रकाशनलाई प्राथमिकता दिनुपर्ने भनेको छ।

२०६२–०६३ को राजनीतिक परिवर्तनपछि गठित संघले देशभरि प्रकाशित विभिन्न भाषाका साहित्यिक पत्रपत्रिकाको हित तथा प्रवर्द्धन कार्य गर्दै आएको छ। छ दशकदेखि प्रकाशित ‘रचना’ साहित्यिक पत्रिकाका सम्पादक रोचक घिमिरे र ५१ वर्ष प्रकाशित ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाका सम्पादक नगेन्द्रराज शर्माले संघको नेतृत्व गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved