एनआरएनएको चुनावको मिति तय

नेपालभ्युज

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए)को रोकिएको निर्वाचन तथा विश्व सम्मेलनको नयाँ मिति तय भएको छ। परराष्ट्र मन्त्रालयसँगको छलफलका आधारमा नयाँ मिति तय गरिएको हो।

एनआरएनएका अध्यक्ष कुमार पन्तले विज्ञप्तिमार्फत डिसेम्बर १९ र २० मा विश्व सम्मेलन र कार्यसमितिको नेतृत्वको लागि डिसेम्बर १५ तारिखका दिन निर्वाचनको मिति तय भएको जानकारी दिएका हुन्।
एनआरएनएको निर्वाचन गत अक्टोबरमै गर्ने भनिए पनि संघभित्रको विवादका कारण स्थगित भएको थियो। संघले मन्त्रालयसमक्ष महाधिवेशन तथा विश्व सम्मेलनको बारेमा प्राप्त असहमतिका बारेमा आफ्नो मार्गचित्र समेत प्रस्तुत गरेको अध्यक्ष पन्तको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved