आफूलाई सिद्ध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको प्रचण्डको आरोप

नेपालभ्युज

आफूलाई सिद्ध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको प्रचण्डको आरोप

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सिद्ध्याउनकै लागि नेकपा एमालेले चितवनमा महाधिवेशन गर्न लागेको आरोप लगाएका छन्। शनिबार रौतहटमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले एमालेलाई खलनायकको संज्ञा दिँदै आफ्नै निर्वाचन क्षेत्रमा महाधिवेशन गर्न लागेको टिप्पणी गरे।

उनले भने ‘‘अहंकारीको चरमचुलीमा पुगेका खलनायकहरूले महाधिवेशन गर्दै छन्, चितवनमा। मैले उनीहरूलाई भनेको छु– धन्यवाद। चितवनलाई खुब माया गरेका छौ। त्यसकारण चितवन आउँदैछौ। तर, तपाईँहरूले बुझ्नु भयो होला उनीहरु किन चितवन गएका हुन् ? चितवनलाई माया गर्न होइन। प्रचण्डलाई सिद्ध्याउन आएका हुन्।’’

एमालेले चितवनमा महाधिवेशन गरे पनि जित भने माओवादीकै हुने उनको दाबी छ। प्रचण्डले आस सभामै आफू चितवनबाट चुनाव लड्न लागेको घोषणा गरे। चुनावमा जित आफ्नै हुने उनको दाबी थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved