बाबुराम सोध्छन् – बिप्पा गर्दा उफ्रिने, आफूअनुकूल व्यापारीलाई जग्गा दिने?

नेपालभ्युज

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले योग गुरु रामदेवलाई सरकारले सित्तैमा जग्गा दिने घोषणाको विरोध गरेका छन्।

आज एक ट्विटमार्फत डा भट्टराईले ठूलो लगानी हुनसक्ने देशहरूसँग द्विपक्षीय लगानी प्रवर्द्धन रसंरक्षण सम्झौता (BIPPA) गर्दा त्यसलाई राष्ट्रघाती भन्नेले आफूअनुकूलका व्यापारीलाई क्रान्तिकारी घोषित गर्दै सित्तैमा जग्गा दिन लागेको प्रति आपत्ति जनाएका हुन्। डा भट्टराईले सरकारको यो कदम हावादारी भएको नेताहरूले यसैगरी जनता ठगिरहने पनि आरोप लगाए।

नेपाल र भारतबीच ४ कात्तिक ०६८ मा बिप्पामा हस्ताक्षर भएको थियो। जतिबेला उनी प्रधानमन्त्री थिए।

तत्कालीन प्रधानमन्त्री भट्टराईको भारत भ्रमण (३–६ कात्तिक, ०६८) का बेला बिप्पामा नेपालका तर्फबाट उद्योगमन्त्री अनिलकुमार झा र भारतका तर्फबाट उद्योगमन्त्री प्रणव मुखर्जीले हस्ताक्षर गरेका थिए । त्यसविरुद्ध परेको रिट संवैधानिक अदालतले खारेज गरेको थियो।

दुई दिनअघि नेपाल आएका योग गुरु रामदेवले नेपालका शीर्षस्थ नेताहरूसँग भेटघाटपछि नेपालमा लगानी गर्न उत्सुक भएको बताएका थिए। त्यस क्रममा उनले नेपालमा दुई ओटा टेलिभिजन उद्घाटन गरेका थिए। नेपालमा स्याटलाइटमार्फत पतञ्जलि र आस्था नेपाल टेलिभिजन प्रशारण गर्ने योजनाअनुसार उनी काठमाडौं आएका हुन्।

यस क्रममा प्रधानमन्त्री रामदेवलाई प्रतिष्ठानलाई जग्गा उपलब्ध गराउने बताएका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामदेवलाई क्रान्तिकारी र वैज्ञानिकको संज्ञा दिएका थिए। डा भट्टराईको भनाइ दाहालको यसै अभिव्यक्तिलक्षित हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved