मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व प्रचण्डले नै गरेका हुन् – जनार्दन शर्मा

नेपालभ्युज

मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व प्रचण्डले नै गरेका हुन् – जनार्दन शर्मा
फाइल तस्वीर

काठमाडौं। अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दाबी गरेका छन्।

पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको बताए।

अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्याइलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टीनिकट प्रेस सेन्टर नेपालका नेता, कार्यकर्तालाई उनले निर्देशन पनि दिए।

त्यसो गर्दा मात्रै जनता र राष्ट्रप्रति न्याय गरेको ठहर्ने मन्त्री शर्माले बताए। शर्माले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्न पनि सञ्चारमाध्यामहरूले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरूलाई स्थापित गर्दै लैजान आवश्यक रहेको बताए।

अर्थमन्त्री शर्माले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरूको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आबद्ध संघ, संगठनहरूले जोड दिनुपर्ने जरुरी रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved