एक महीनापछि खुल्यो जयपृथ्वी राजमार्ग

नेपालभ्युज

एक महीनापछि खुल्यो जयपृथ्वी राजमार्ग

धनगढी। गत कात्तिकको बेमौसमी बाढी पहिरोका कारण अवरुद्ध बझाङको चैनपुर जोड्ने जपयृथ्वी राजमार्ग एक महीनापछि सञ्चालनमा आएको छ। जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै आजदेखि राजमार्ग सञ्चालनमा आएको हो।

बाढी पहिरोका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा आएको हो।

राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिकाको नारुगौडामा वैकल्पिक बाटो खोली मालबाहक ट्रकहरु र यात्रुबाहक बसबाहेकका साना यातायातका साधनहरु वारपार गर्न सक्ने बनाएको भए पनि पूर्णरुपमा भने निर्माण गरिएको छैन। यस्तै जालेबगरमा सडक भएको ठाउँमा सेती बग्न थालेपछि सेती नदीलाई डाइभर्ट गरेर अस्थाई रुपमा वैकल्पिक सडक बनाइएको छ।

बाढी पहिरो भएको एक महीनासम्म पनि सडक नखुलेपछि स्थानीय आक्रोशित थिए। सडक सुचारु हुन नसक्दा दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन थालेको छ भने ठूला विकास निर्माणका काम समेत प्रभावित बनेको छ। बजारमा महँगी बढेको छ भने व्यापारीले समेत कृतिम अभाव सिर्जना गरेको स्थानीयको आरोप छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved