कांग्रेस वडा अधिवेशन : औरहीमा धाँधली भएको भन्दै पार्टी कार्यालयमै अनशन

नेपालभ्युज

कांग्रेस वडा अधिवेशन : औरहीमा धाँधली भएको भन्दै पार्टी कार्यालयमै अनशन

जनकपुरधाम। प्रदेश २ मा अहिले नेपाली कांग्रेसको वडा, स्थानीय तह, क्षेत्र, प्रदेशको अधिवेशन भइरहेको छ। कतिपय ठाउँमा कांग्रेस महाधिवेशनअन्तर्गत वडा अधिवेशनहरू विवादित हुन थालेका छन्।

धनुषाको औरही गाउँपालिकाका कार्यकर्ताले वडा अधिवेशन भइरहेको बेला धाँधली भएको भन्दै विरोधमा उत्रिएका छन्।

उनीहरूले अहिले कांग्रेसको जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा रिले अनशन शुरु गरेका छन्। औरही गाउँपालिकाको वडा नम्बर १ मा धाँधलीपूर्ण तरिकाले पदाधिकारीको चयन गरिएको उनीहरूको आरोप छ।

उनीहरूले नेतृत्वले आफूहरूको माग सम्बोधन नगरे आमरण अनशन बस्ने चेतावनी पनि दिएका छन्। “वास्तविक कार्यकर्तालाई बाइपास गरी पदाधिकारी चयन गरिएको छ,” पार्टीका युवा नेता जगदीश चौधरीले भने, “जुन धाँधलीपूर्ण काम गरिएको छ, त्यसलाई बदर गर्नु जरुरी छ।”

धाँधलीपूर्ण काम बदर नगरिए आफूहरू भोक हड्तालमा समेत उत्रने उनले चेतावनी दिए। कांग्रेसमा देखिएको विवादले कार्यकर्ता निराश बनेका छन्।

यो पनि पढ्नुहोस्

सर्लाहीमा देउवा र पौडेल पक्षका कार्यकर्ताबीच झडप


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved