बार्यन म्युनिख पराजित

नेपालभ्युज

बार्यन म्युनिख पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय ब्रेकपछि गएरातिबाट यूरोपियन लिगका खेलहरू सुचारु भएका छन्।

जसअन्तर्गत बुन्डेलिगामा लिग लिडर बार्यन म्युनिखले हार बेहोरेको छ। गएराति भएको खेलमा बार्यन अउग्बर्ग्ससँग २-१ गोल अन्तरले पराजित भएको हो।

खेलको २३ मिनेटमा पहिलो र ३५ मिनेटमा दोस्रो गोल खाएर पछि परेको बार्यनका लागि स्टार खेलाडी रोवर्ट लेवन्डोस्कीले ३८ मिनेटमा सान्त्वना गोल फर्काए पनि जितका लागि पर्याप्त भएन।

लिगका १२ चरणका खेलहरू शुरु भएका हुन्। योसँगै लिगमा बार्यनले दोस्रो हार बेहोरेको छ। तथापि ऊ १२ खेलबाट २८ अंकसहित शीर्ष स्थानमा छ। अउग्बर्ग्सले भने जारी लिगमा तेस्रो जित निकालेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved