बाह्रखरी कथा पुरस्कार न्यौपानेलाई

नेपालभ्युज

बाह्रखरी कथा पुरस्कार न्यौपानेलाई

काठमाडौं। बाह्रखरी मिडियाले आयोजना गरेको तेस्रो डिशहोम १२खरी कथा लेखन प्रतियोगिताको पुरस्कार मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ ले जितेको छ। यस्तै दोस्रो पुरस्कार स्वप्निल नीरवको ‘बूढो घर’ र तेस्रो पुरस्कार रेणुका जिसीको ‘मुडुली’ले पाएको छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेतलाई प्रमुख अतिथि डा. मीनेन्द्र रिजालले पुरस्कार वितरण तथा सम्मान गरेका थिए।

प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः एक लाख, साठी हजार र चालिस हजार रुपैयाँ रहेको छ ।

बाह्रखरीरले उत्कृष्ट २० कथाको ‘उत्कृष्ट कथा–२०७८’ को प्रकाशन गरेको छ। प्रमुख अतिथि डा. रिजालले प्रथम तीनसहित बाँकी उत्कृष्ट २२ कथाकारहरूलाई प्रमाणपत्रसहित पाँच–पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका थिए।

यस वर्षका उत्कृष्ट २२ कथाकारहरूमा आन अच्युत, कमल नेपाल, डा. गोविन्दसिंह रावत, चन्द्र पन्जियार, जीवन खत्री, डीके विरही, तिलक राई, त्रिभुवनचन्द्र वाग्ले, बुद्धिराज पाण्डे, मनोहर पोखरेल, महेन्द्र उपाध्याय, मोद ढकाल, डा. राजु अधिकारी, वीरसिंह विश्वकर्मा, विशालबाबु बस्नेत, शारदा पराजुली, श्रेयज सुवेदी, सञ्जय भट्टराई, सपना अधिकारी, सरिता अर्याल, साजन केसी र हरिबोल काफ्ले रहेका छन् ।

प्रतियोगितका लागि ४ सय बढी कथा प्राप्त भएकोमा तीबाट ५० कथा चयन गरी निर्णायक समितिलाई बुझाइएको बाह्रखरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved