बारको आन्दोलनमा सहभागी हुन नागरिकलाई ‘प्रतिरोध’को अनुरोध

नेपालभ्युज

बारको आन्दोलनमा सहभागी हुन नागरिकलाई ‘प्रतिरोध’को अनुरोध

काठमाडौं। प्रतिरोध जनअधिकार आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको न्यायाधीश र नेपाल बार एशोसिएसनको आन्दोलनमा एक्येवद्धता जनाउँदै आन्दोलनमा सहभागी हुन नागरिकलाई अनुरोध गरेको छ।

शुक्रबार विज्ञप्ति निकाल्दै प्रतिरोधले न्याय स्थापनाका लागि संगठित, एकतावद्ध र मोर्चावद्ध हुन परिवर्तनकारी शक्तिलाई आग्रह गरेको छ।

प्रधानन्यायाधीश जबराको बहिर्गमनको मागसहित सर्वोच्चका न्यायाधीशहरूसँगै बारको पहलमा कानुन व्यवसायीहरू ८ कात्तिकयता निरन्तर आन्दोलनरत छन्। न्यायपालिकाभित्र भ्रष्टाचार, सेटिङ र भागवण्डाले चरम रूप लिएको भनी न्यायाधीश र कानुन व्यवसायीहरू नै विरोधमा उत्रिएर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गर्नुपर्ने अवस्था आउनु संकटको उत्कर्ष रुप भएको भन्दै एकतावद्ध हुनुपर्ने संगठनको निक्यौल छ।

पैसा र शक्तिको आडमा सर्वोच्च शासकवर्गको सेवाको अखडा भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ”न्यायाधीश र बार एशोसिएसनको  मागप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै आन्दोलनलाई व्यवस्था परिवर्तनको अभियानसँगै न्यायालय पुनःसंरचनाको मागसम्म उठाउन हामी सम्पूर्ण न्यायप्रेमी जनसमुदायसंग आह्वान गर्दछौं।”

अदालतको बेथितिविरुद्धको लडाइँ देशलाई अग्रगतिमा लैजान र निर्णायक भूमिकामा जनता रहने व्यवस्थाको लागि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved