राष्ट्र बैंकको प्रतिवेदन भन्छ – घरजग्गाको मूल्य बढ्यो, कारोबार घट्यो

नेपालभ्युज

राष्ट्र बैंकको प्रतिवेदन भन्छ – घरजग्गाको मूल्य बढ्यो, कारोबार घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रमकाबीच गभर्नर महाप्रसाद अधिकारीले प्रतिवेदन सार्वजनिक गरेका हुन्।

उक्त प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो ९ महीनामा घरजग्गाको कारोबार  केही घटेको उल्लेख छ। प्रतिवेदन अनुसार घरजग्गाको मूल्य भने बढेको छ।

मालपोतबाट प्राप्त तथ्यांक अनुसार उक्त अवधिमा १९ दशमलव ७३ प्रतिशत बढेकोमा बैंकले भने सोभन्दा बढीले मूल्य बढेको देखाएका छन्। प्रतिवेदन अनुसार बैंकहरूले घरजग्गाको मूल्य २६ दशमलव ४५ प्रतिशतले बढेको उल्लेख गरेका छन्।

आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महीनामा औसत घरजग्गा मुद्रास्फीति १६ दशमलव ३१ र १२ दशमलव ५७ प्रतिशत रहेको छ। प्रतिवेदनमा घरजग्गा रजिस्ट्रेशनको कुल कारोबार संख्याको आधारमा जग्गाको भार अंक ७६ दशमलव ६७ प्रतिशत र घरजग्गाको भार अंक २३ दशमलव ३३ प्रतिशत छ। त्यस्तै सात प्रदेशमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा घरजग्गाको भार २९ दशमलव २२ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ३ दशमलव ६३ प्रतिशत रहेको छ।

वागमती पछि प्रदेश नम्बर १ मा २७ दशमलव १३ प्रतिशत,लुम्बीनी प्रदेशमा १७ दशमलव ४२ प्रतिशत,प्रदेशमा नम्बर २ मा १२ दशमलव ०४, गण्डकीमा ६ दशमलव ८१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३ दशमलव ७५ प्रतिशत रहेको छ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न बैंक, मालपोत र घरजग्गा व्यवसायीलाई सही तथ्यांक राख्न अनुरोध गरे। यसले असमान मूल्यमा समानता ल्याउन सहयोग हुने र सत्य सूचकांक आउने उनको भनाइ थियो।

नेपालमा पहिलोपटक घरजग्गा मूल्यांकन मापन सूचाकांक भएकाले नेपालभरको सबै तथ्यांक समेट्न नसकिएको बताउँदै उनले आगामी वर्ष सबै कारोबार समेटिने बताए।

राष्ट्र बैंकले दुई वर्षको अध्ययनबाट उक्त सूचकांक तयार गरेको हो। यो तथ्यांकमा केही समस्या देखिए पनि प्रत्येक तीन-तीन महीनामा सुधारसहितको तथ्यांक सार्वजनिक गर्दै जाने जानकारी उनले दिए।

बैंकले २० जिल्लाका २० स्थानको तथ्यांक संकलन गरेर उक्त प्रतिवेदन तयार गरेको हो। बैंकले तथ्यांक स्रोतका रुपमा नेपाल बैक, एनआईसी एशिया बैक, ग्लोबल आईएमई बैक, एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैक र प्रभु बैंकबाट तथा मालपोत कार्यालयको तथ्यांकलाई आधार मानेका छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved