नेपाललाई अमेरिकी दबाब, एमसीसी पारित नभए फिर्ता लैजाने

लूसँगको छलफलपछि प्रचण्डले भने, 'म सन्तुष्ट भएँ'

नेपालभ्युज

नेपाललाई अमेरिकी दबाब, एमसीसी पारित नभए फिर्ता लैजाने

काठमाडौँ। नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले मिलेनियम च्यालेन्ज कर्पेशन (एमसीसी) पारित गर्न अन्तिम समय तोकेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शुक्रबार भएको भेटवार्तामा अमेरिकी सहायक विदेशमन्त्री लूले २८ मंसीरभित्र एमसीसी पारित गर्न नभएर फिर्ता लैजाने बताएका छन्।

भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री लूलाई माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी संसद्बाट अनुमोदन गर्नुपर्ने प्रावधान हटाउन आग्रह गरेको स्रोतले बताएको छ।

“एमसीसी सम्झौता हस्ताक्षर गर्दा संसद्बाट अनुमोदन गर्नुपर्ने बुँदा थिएन,” अध्यक्ष दाहाललाई उधृत गर्दै स्रोतले भन्यो, “संसद्बाट अनुमोदन गर्नुपर्ने बुँदाले आशंका जन्माएको छ।”

शुक्रबार अमेरिकी सहायक विदेश मन्त्री लूले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए। शिष्टाचार भेटमा लूले अमेरिकाले विभिन्न स्वास्थ्य, शिक्षा र रोजगारलगायतका क्षेत्रमा गरिरहेको सहयोगलाई अझै विस्तार गर्ने प्रतिबद्धता जनाएका एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताए। मन्त्री लूले अध्यक्ष ओलीसँग नेपालमा अमेरिकाले केही नयाँ क्षेत्र (क्लिन इनर्जी) को क्षेत्रमा पनि सहयोग गर्ने चासो दिएका उनले बताए।

मन्त्री लूले एमसीसीबारे राखेको प्रश्नको उत्तरमा अध्यक्ष ओलीले भने आफू सरकारमा नभएको बेलामा बोल्ने स्थिति नभएको बताए। सरकारमा भएका दलहरूको निर्णय हेरेर आफ्नो निर्णय बनाउने ओलीले बताएका डा भट्टराईले जानकारी दिए।

सहायक विदेशमन्त्री लूसँग दाहालले भने यथास्थितिमा एमसीसी पास हुन नसक्ने बताएका छन्। यद्यपि, वैदेशिक सहायतालाई अस्वीकार गर्ने नेपालको नीति नभएको र यो सहयोगसँग जोडिएको शर्तका कारण समस्या आएको प्रचण्डले बताएका स्रोतको दाबी छ।

विदेश मन्त्री लूसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले छलफलबाट आफू सन्तुष्ट भएको बता प्रतिक्रिया दिएका छन्।

सञ्चारकर्मीहरूसँग अध्यक्ष प्रचण्डले एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने बताएाक छन्। अमेरिकाले दिएको डिसेम्बर १४ भन्दा अघिको समयसीमा भित्र ठोस निर्णयमा पुग्ने पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved